चितवनमा वन मौरीको टोकाइबाट एकको मृत्यु

चितवनमा वन मौरीको टोकाइबाट एकको मृत्यु

चितवन : चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगीएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको बताइएको छ ।