भ्रमण वर्षको प्रचारमा गैर आवासीय नेपाली

भ्रमण वर्षको प्रचारमा गैर आवासीय नेपाली

साउदी : गैर आवासीय नेपाली सङ्घ क्षेत्रीय समन्वय परिषद् जिजानले भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने भएको छ । रोजगारीकालागी साउदी पुगेका नेपालीहरूले नेपाल सरकारको लक्ष्यलाई साथ दिन भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने भएका छन् ।

अरेबियाको जिजान क्षेत्र आसपास बसेका नेपालीहरूको भेलाले भ्रमण वर्षलाई अझ व्यापक रूपमा प्रचार गर्ने निर्णय गरेको जिजानबाट होमनाथ रेग्मीले जानकारी दिए । साथै नयाँ वर्षको अवसर पारेर गरिएको कार्यक्रममा संस्कृति र मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । उनीहरूले भ्रमण वर्ष सफल बनाउन आआफ्नो क्षेत्रमा प्रचारप्रसार गर्ने जनाएका छन् ।

लालबहादुर मगरको सक्रियतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ र यसले गर्ने कामका बारेमा समेत जानकारी गराइएको थियो । वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित भिजिट नेपाल २०२० घोषणा भएको छ । सरकारको यो लक्ष्य प्राप्तिकालागि स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम भइरहेका छन् ।