चिनिया पक्राउ प्रकरण : १२२ जनाको बयान आइतबार पनि जारी

चिनिया पक्राउ प्रकरण : १२२ जनाको  बयान आइतबार पनि जारी

काठमाडौं : नेपालमा बसेर अवैध गतिविधि गरिरहेको आरोपमा पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकको बयान जारी रहेको छ ।आइतबार जिल्ला प्रशासन कायालयमा उनीहरुको बयान लिन थालिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चिनियाँ नागरिकको बयान लिने काम भइरहेको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले ७ पुसमा संयुक्त अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।