आधा किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

आधा किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं : आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद रहेका छन् । यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए ।

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ । भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ । पछिल्लो एक हप्तामा मात्रै विमानस्थलबाट ६ किलो सुन बरामद भइसकेको छ ।