नक्कली भारु नोटसहित वीरगञ्जमा एक जना पक्राउ

नक्कली भारु नोटसहित वीरगञ्जमा एक जना पक्राउ

काठमाडौं : नक्कली भारतीय रुपैयाँसहित वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका ८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट वीरगञ्ज १६ नगवा बस्ने २९ वर्षीय रियाज देवान पक्राउ परेका हुन् । पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।