बैंक ह्याकिङ प्रकरणमा फरार रहेका ब्यक्ति पक्राउ

बैंक ह्याकिङ प्रकरणमा फरार रहेका ब्यक्ति पक्राउ

काठमाडौं : कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार एकजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार मोरङका दीपक नेपाल शुक्रबार परेका हुन्।

दीपकको टोलीले नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए।

महाशाखाका प्रमुख थापाका अनुसार दीपकले नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्टिएल ह्याक गरी रकम निकाली ठगी गरेका थिए।ह्याकिङ्ग गरेको एक करोड रुपैयाँसहित फरार रहेको प्रहरीको आशंका थियो। नेपाललाई अपराध महाशाखाले आवश्यक कारवाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रमुख थापाले बताए।