उपत्यकाभित्र २४ घण्टामै ८९४ सवारी चालकमाथि कारबाही

उपत्यकाभित्र २४ घण्टामै ८९४ सवारी चालकमाथि कारबाही

काठमाडौं : काठमाडौं उपत्यकाभित्र बितेको २४ घण्टामै ८९४ जना सवारी चालक कारबाहीमा परेका छन्। सडक अनुशासन पालना चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको हो।

मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। बितेको २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३३ वटा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परी १ जनाको मृत्यु, एक गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन्।