हेटौंडामा हवाइ फायरिङ गरी ५३ केजी गाँजा बरामद

हेटौंडामा हवाइ फायरिङ गरी ५३ केजी गाँजा बरामद

हेटौंडा : प्रहरीले हेटौंडा(वीरगञ्ज सडकखण्डको रातोमाटे(चुरियामाइ जंगलमा गाँजा बरामद गर्न हवाइ फायरिङ गरेको छ।

शनिबार विहान ३स्३० बजे हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीमा चेकजाँच गर्न लाग्दा रोक्न नमानेर भागेपछि नियन्त्रणमा लिन हवाइ फायरिङ गरिएको हो। प्रहरीले गाडीमा सवारलाई नियन्त्रणमा लिन पेस्तोलबाट फायरिङ गरेको थियो।

कारमा रहेका तीन जना र सिटमुनि लुकाइराखेको अवैध गाँजा ३२ किलो पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। कार चालक भारत बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट यमुनामाई गापा–४ का विकास सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले सोही सडकखण्डमा शनिबार विहान १:३० बजे चेकजाँच गर्दा बा ५ ख ७२६८ नम्बरको ट्रकबाट २१ केजी अवैध गाँजा बरामद गरेको छ।