एक टन तौलको बुद्धको प्रतिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एक टन तौलको बुद्धको प्रतिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं : बुटिक विमानस्थलमा रुपान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र विभिन्न काम भइरहेका छन् । त्यसैक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको रहेका छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भइरहेका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भईरहेको छ। यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागहरुमा कलात्मक मुर्ति र काष्ठकलाका सामाग्री राखेर धमाधम सजाइँदैछ ।