ठमेलका गुण्डा नाईके राते सहित दुई जना पक्राउ

काठमाडौं : काठमाण्डौ ठमेल क्षेत्रका गुण्डा नाईके राते भनिने सुजन श्रेष्ठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

। एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते अभियोगमा उनलाई गएराति साढे ९ बजे उनलाई नयाँ बजारबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।