कांग्रेसका नेता कार्यकर्ताकाे केन्द्रीय कार्यालयमा धर्ना

कांग्रेसका नेता कार्यकर्ताकाे  केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौं । नेपाली कांग्रेस बाराका नेता कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण विधिसंगत नभएको जनाउँदै आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्।

धर्नामा २५ जना भन्दा बढी सहभागी रहेको नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारले जानकारी दिए। ‘बारामा क्रियाशील सदस्यता वितरणमा ठूलो धाँधली भएको छ। वडा सभापतिको हस्ताक्षरबिना, क्षेत्र र पालिका कार्यसमितिको बैठक नै नबसिकन क्रियाशील सदस्यता इन्ट्री गरेका छन्’,  रौनियारले भने ‘बाराको १ नम्बर क्षेत्र, २ नम्बर क्षेत्र र ४ नम्बरको क्षेत्रीय सभापतिले नयाँ क्रियाशील सदस्य सिधैं इन्ट्री गरेका छन्।’

धर्नाको नेतृत्व पूर्वसांसदहरु राम अयोध्या यादव, लालबाबु सिन्हा र नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतले गरिरहेका छन्।