काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका अनुसार आज अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।
हालसम्म उम्मेदवारी दर्ता गराएकाहरू यी हुन्–
पुष्पा भुसाल – उपसभापति महिला
विनोद चौधरी – उपसभापति समावेशी
फरमुल्लाह मन्सुर – उपसभापति समावेशी
डिला संग्रौला – महामन्त्री महिला
शंकर तिवारी – महामन्त्री खुला
सुनिल शर्मा – महामन्त्री खुला
नैनसिंह महर- महामन्त्री खुला
प्रतिमा गौतम – सहमहामन्त्री महिला
देवेन्द्रराज कंडेल – सहमहामन्त्री खुला
जीवनबहादुर शाही– सहमहामन्त्री पिछडिएको क्षेत्र ।