काठमाडौंमा ब्यूरोको प्रहरी हौँ भन्दै हिड्ने दुई जना पक्राउ

काठमाडौंमा ब्यूरोको प्रहरी हौँ भन्दै हिड्ने दुई जना पक्राउ

काठमाडौं : काठमाडौंमा हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी नगरपालिका ७ मूलपानी थापागाउँबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स चार थान, मोबाइल चार थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँसहित फेला पारी नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।