फितामा बेरिएर सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु

हेटौँडा : हेटौँडा उपमहानगरपालिका १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ। मेसिसनको फितामा बेरिँदा कैलाली मसुरिया ८ घर भएका ३५ वर्षीय राजनप्रसाद चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार काराखानामा रहेको मेसिसनको फिता फुस्केर चोट लागि गम्भीर घाइते भएका चौलागाईंको उपचारको लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। लगत्तै अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।