बिभिन्न कार्यक्रम गरी ‘ढाकाटोपी दिवस’मनाईदै

बिभिन्न कार्यक्रम गरी ‘ढाकाटोपी दिवस’मनाईदै

काठमाडौं : विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘नेपाली ढाकाटोपी दिवस’ मनाइएको छ ।‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार भन्ने मुल नाराको साथ टोपी दिवस बनाइदै छ ।

ढाकाटोपी संरक्षण अभियान थालेको जागरूक युवा अभियान नेपालले माइतीघर मण्डलामा बुधबार बिहान एक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालीसँगै विदेशीसमेत नेपाली ढाकाटोपीमा सजिएका छन् । कार्यक्रममा सहभागी स्वदेशी(विदेशीले नेपाली ढाकाटोपी लगाएर आपसमा तस्वीर खिचेका छन् ।

कार्यक्रममा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट र ब्याचसमेत लगाएका थिए ।नेपालीहरुले पाश्चात्य संस्कृति, संस्कार र पोशाकलाई अँगाल्दै जाँदा नेपालको मौलिक राष्ट्रिय पोशाक संकटमा परेकाले अंग्रेजी नयाँ वर्षकै दिन यो दिवस मनाउन थालिएको अभियन्ताहरूले बताएका छन् ।