सुर्खेतको एनसेल टावर फेदमा शंकास्पद बस्तु फेला

सुर्खेतको एनसेल टावर फेदमा शंकास्पद बस्तु फेला

सुर्खेत : कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोकमा रहेको एनसेल टावरको फेदमा शंकास्पद बस्तु फेला परेको छ।

सुर्खेत प्रहरीका अनुसार बुधवार विहानै घर बनाउने कामदारले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार शंकास्पद बस्तुमा तार जोडिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगिसकेको र त्यसलाई निष्कृय पार्ने तयारी गरेको पन्तले जानकारी दिए।