बारामा एनसेल टावरमा आगजनी हुदाँ लाखौँको क्षति

बारामा एनसेल टावरमा आगजनी हुदाँ लाखौँको क्षति

कलैया : बाराको जितपुर सिमरा उपमहानगरपालिका(१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो । सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका(९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।