चिनियाँ टोलीद्धारा रसुवागढी नाका जोड्ने सुरुङमार्गको अध्ययन सुरु

चिनियाँ टोलीद्धारा रसुवागढी नाका जोड्ने सुरुङमार्गको अध्ययन सुरु

काठमाडौं : काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो ।

टोलीले प्रस्तावित टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी ९घट्टेखोला० खण्डको प्रारम्भिक अध्ययन गर्नेछ । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी ९घट्टेखोला० करिब २४ किलोमिटरको सुरुङमार्गको प्रस्ताव गरिएको छ ।

बेत्रावती–रसुवागढी ९घट्टेखोला०लाई भने सरकारले उच्च प्राथमिकतामा राखेको छैन । किनभने यो खण्डमा नेपाली सेनामार्फत हालसालै सडकको ट्रयाक खोलेर स्तरोन्नतिको काम हुँदैछ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार टोलीले सुरुङमार्ग निर्माणका लागि प्रस्तावित स्थानहरूको नाप नक्सा लिने र अवलोकन गर्ने काम सुरु गरेको छ ।

‘सुरुङमार्गको अध्ययन गर्न आइपुगेको चिनियाँ टोली प्रारम्भिक तवरको तयारी र अध्ययनमा व्यस्त रहेको उनले बताएका छन् । ‘टोलीले कसरी कहिलेसम्म अध्ययन सक्ने भन्ने एकीन भएको छैन ।’असोज चौंथो साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो।

सोही समझदारीअनुसार सुरुङमार्ग बनाउन लाग्ने अध्ययन खर्च चीनले नै बेहोर्ने भएको छ । चीनले प्रारम्भिक अध्ययन सकाएर रिपोर्ट दिएपछि फेरि यी सुरुङमार्गको डीपीआर बनाउने प्रक्रिया सुरु हुनेछ । डीपीआर बनेपछि बल्ल निर्माण मोडालिटीमा छलफल हुनेछ ।

सरकारले यो सुरुङमार्ग पनि चीनले नै बनाइदिने अपेक्षा राखेको छ । तर, यसबारेमा कुनै पनि तवरमा नेपाल र चीनले छलफल गरेका छैनन् । उक्त सुरुङमार्ग निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनाउन चिनियाँ कम्पनीहरूले पनि इच्छा देखाएका छन् ।

नेपालले गरेको प्रारम्भिक अध्ययनले यो आयोजना सम्भाब्य भएको देखाईसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दूरी घटाउन सकिने विभागको भनाइ रहेको छ ।