नेपाल भ्रमण वर्ष : २ बजेपछि काठमाडौंमा सवारी आवागमन प्रभावित हुने

नेपाल भ्रमण वर्ष : २ बजेपछि काठमाडौंमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं : नेपाल भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

रंगशालाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निस्किँदै छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ । त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई सुझाएका छन् ।

‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न सिफारिस गरेका छौ‌ं’, एसपी श्रेष्ठले भने, ‘हामीले सिफारिस गरेको रूट प्रयोग भएमा सवारी आवागमन कम प्रभावित हुनेछ ।