नेपाल भ्रमण वर्ष २०२० : पशुपतिको दर्शन गर्न बंगलादेशबाट २० हजार धार्मिक पर्यटक आउने

नेपाल भ्रमण वर्ष २०२० : पशुपतिको दर्शन गर्न बंगलादेशबाट २० हजार धार्मिक पर्यटक आउने

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा बंगलादेशबाट २० हजार दर्शनार्थी आउने गरी सम्झौता भएको छ। बंगलादेशको हिन्दु वेलफेयर ट्रस्टसँग सम्झौता गरिसकेको पशुपति विकास कोषले जनाएको छ।

बंगलादेश सरकारले सहयोग गर्नेगरी कार्य अगाडि बढिसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार बंगलादेशमा पनि धेरैको संख्यामा हिन्दु धर्मावलम्बी रहेका छन। बंगलादेशबाट सबैभन्दा थोरै धार्मिक पर्यटक आउनले भएकोले धार्मिक पर्यटक बढने विश्वास रहेको छ।

त्यसैगरी, भारतको राजस्थान सरकारले भ्रमण वर्षमा तीन हजार धार्मिक पर्यटकलाई पशुपतिको दर्शन गराउने व्यवस्था गरेको उनले जानकारी दिए। उनीहरुलाई पशुपति विकास कोषले स्वागत गर्ने तयारी गरेको छ । इन्डोनेशिया, मलेसिया, बंगलादेशमा भएका हिन्दुहरुलाई पशुपतिनाथको दर्शनका लागी नेपाल भ्रमणमा सहभागी हुन विदेशमा रहेका राजदुतावास मार्फत प्रचार प्रसार कार्यक्रम सञ्चालन गरिएको उनले बताए। नेपालमा बसेर विदेशमा व्यापार गरिरहेका निजि क्षेत्रलाई नेपालको प्रचार प्रसार गर्न आग्रह गरीएको छ।