गोंंगबुमा नक्कली सुनसहित दुई जना पक्राउ

गोंंगबुमा नक्कली सुनसहित दुई जना पक्राउ

काठमाडौं : काठमाडौको गोंंगबुबाट प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई रहेका छन् । उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।

नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल भएर बिक्री गर्ने प्रयास गर्दा गर्दै उनीहरुलाई पक्राउ गर्न सफल उनले बताएका छन् । पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार ठगी कसुर मुद्धा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको बताइएको छ ।