आधा किलो सुनसहित भारतीय नागरीक पक्राउ

आधा किलो सुनसहित भारतीय नागरीक पक्राउ

काठमाडौं : त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका महाराष्ट्र ठाणेका सुनिल हरिरामले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ।

उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्रामर२५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए। एक्स(रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ।