मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै (फोटो फिचर)

मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै (फोटो फिचर)

काठमाडौँ : गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।ल्होसारको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौँको टुडीखेलमा झाँकी सहित विविध कार्यक्रम सुरु भएको छ ।

काठमाडौँ लगायत आसपासका जिल्लाबाट गुरुङ समुदायहरू टुडीखेलमा जम्मा भएका छन् । नेपालडेलीकर्मी सुजन कोइरालाले काठमाडौँमा देखिएको दृश्य क्यामेरामा कैद गरेका छन् ।