काठमाडौंमा मेट्रो रेल चलाउन डीपीआर तयार गरीदै

काठमाडौंमा मेट्रो रेल चलाउन डीपीआर तयार गरीदै

काठमाडौं : सरकारले काठमाण्डौको सातदोबाटो (रत्नपार्क(चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो ।

त्यसको लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन तयार गर्नेछन् ।

उक्त परियोजनामा डीपीआरका लागि विभागले चाइना रेल्वे सियुआन एन्ड डिजाइन ग्रुप, डीओएचडुब्लुए(डीएमईसी जेभी, सिस्त्रा मेनहाडर्ट जेभी, दोम उदय जेभी, बार्सिल(युसिन(एफसीबी जेभीलाई सर्ट लिस्टमा राखेको थियो । ती कम्पनीमध्ये एउटाले यस परियोजनाको डीपीआर तयार गरेर सरकारलाई बुझाउनेछ । यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो ।

त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । त्यसका लागि विभागले परामर्शदाता छनोटको गर्न लागेको छ । सम्भाब्यता अध्ययनपछि मात्रै यी दुई खण्डको डीपीआर तयार गर्ने प्रक्रिया अघि बढाईने बताईएको छ ।