भारतबाट प्याज ल्याउन ५५ सय घुस, सशस्त्रका जवान अख्तियारको फन्दामा

भारतबाट प्याज ल्याउन ५५ सय घुस, सशस्त्रका जवान अख्तियारको फन्दामा

काठमाडौँः भारतबाट प्याज ल्याउने काममा सहयोग गरिदिने भन्दे पाँच हजार पाँच सय रुपैयाँ घुस लिने सशस्त्र प्रहरीका जवानलाई अख्तियारले पक्राउ गरेको छ। मोरङको बख्री वेशमा कार्यरत सशस्त्र प्रहरी जवान सचित नारायण विश्वासलाई अख्तियारले पक्राउ गरेको हो।

भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले पाँच हजार पाँच सय रुपैयाँ घुस लिएका थिए। विराटनगर महानगरपालिका ११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।