गुल्मीमा बेवारीसे अवस्थामा नवजात शिशुको शव फेला

गुल्मीमा बेवारीसे अवस्थामा नवजात शिशुको शव फेला

गुल्मी : गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका(१ कालीगण्डकी तट नजिकै नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए ।

भेटिएको शव कसको हो भन्ने केही नखुलेको खुलेको छैन । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ । उक्त घट्नाको बारेमा गम्भीर अनुसन्धान थालीएका गुल्मी प्रहरीले बताएको छ ।