कार्यकक्षबाटै १५ हजार घुससहित महानगरका कर्मचारी पक्राउ

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिव काफ्लेले जानकारी दिए ।