देउवा निवासमा कांग्रेसका नेताहरूसँग एमाले नेता भीम रावल छलफलमा

देउवा निवासमा कांग्रेसका नेताहरूसँग एमाले नेता भीम रावल छलफलमा

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा र उनका पार्टीका नेताहरू महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणसँग नेकपा एमालेका नेता भीम रावलले वार्ता गरिरहेका छन्।

देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच शुक्रबार वार्ता भइरहेको हो।

बिहीबार साँझ पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेका बेला रावल बूढानीलकण्ठ छिरेका थिए।