श्यामकृष्ण खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

श्यामकृष्ण खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । गगन थापासँग प्रतिस्पर्धा लागि उनले मनोनयन दर्ता गराएका छन् ।

नेविसंघ हुँदै राजनीतिमा छिरेका खड्गी ४ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी सिद्धार्थ वनस्थली स्कुलका शिक्षक पनि हुन् । सो विद्यालयमा गगनलाई उनले पढाएका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट खड्गी महाधिवेशन प्रतिनिधि छन् । यसअघि सोही क्षेत्रको सभापति निर्वाचित भएका थिए ।

छुटाउनुभयो कि ?