उखु किसानहरुलाई पैसा दिलाउन संसदीय समितिको निर्देशन

उखु किसानहरुलाई पैसा दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितिले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न आदेश दिएको छ ।

मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाएका छन् । बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताएको छ ।

अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । वीरेन्द्र कनौडिय नेपाली कांग्रेसबाट प्रदेश २ का प्रदेशसभा सदस्य हुन् । समितिले भने जसरी पनि किसानलाई पैसा दिलाउने र किसानलाई पैसा नदिने उद्योगलाई कडा भन्दा कडा काबारही गर्न निर्देशन दिएको छ ।