आज शाहावंशका दशौं राजा, राजा वीरेन्द्रको जन्म दिन

आज शाहावंशका दशौं राजा, राजा वीरेन्द्रको जन्म दिन

काठमाडौं : नेपालको ईतिहासमा शाहावंश स्थापना पृथ्वी नारायण शाहाले गर्नु भएको थियो । पृथ्वी नारायण शाहा कै सन्तती हुन नेपालका दशौं राजा वीरेन्द्र वीर विक्रम शाह । उनको आज अथात पुस १४ गते ७४ औं जन्म दिन परेको छ । वीरेन्द्रको जन्म वि.सं २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते नारायणहिटी राज दरबार काठमाडौंमा भएको थियो।

राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीका जेठा सनतानका रुपमा वीरेन्द्रको जन्म भएको थियो । वीरेन्द्रका दुई भाई थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। राजा विरेन्द्रले २७ वर्षकै उमेरमा सिंहासन समाहाल्नु भएको थियो । उनले वि.सं २०२८ देखि वि.सं २०५८ सम्म नेपालको शासन गरेका थिए । नेपालको ईतिहासमा नेपाली जनताले धेरै रुचाएका राजा मध्य एक राजा वीरेन्द्र पनि थिए । उनको बिवाह रानी ऐश्वर्य राज्यलक्ष्मी शाह संग भएको थियो । राजा वीरेन्द्रको बिवाहमा नौं मिलियन अमेरिकी दलर खर्च भएको थियो । नेपालको ईतिहासकै सबैभन्दा मंहगो बिवाह थियो ।

राजा वीरेन्द्रकै समयमा वि.सं २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं २०३६ सालमा पञ्चायत वा बहुदल कुन चाहिन्छ भनेर जनताले रोजुन भनेर जनमत संग्रह नेपालको ईतिहासमा पहिलो पटक घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।