सरकारसँगको सम्झौता उल्लघंन गर्दै वीरगञ्ज नेशनल कलेजले फेरि असुल्यो अतिरिक्त शुल्क

सरकारसँगको सम्झौता उल्लघंन गर्दै वीरगञ्ज नेशनल कलेजले फेरि असुल्यो अतिरिक्त शुल्क

वीरगञ्ज : वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलेको छ। मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै कलेजले अतिरिक्त शुल्क मागेको नेशनल कलजेमा अध्यनरत एक विद्यार्थीले बताए।

उनका अनुसार कलेजले पुस्तकालय, ल्याब, प्रमोशनलगायत ८ वटा शीर्षकमा गरी चार लाख ६१ हजार ८ सय शुल्क असुलेको छ। कलेजले सरकारसँगको सम्झौता उल्लघंन गरेपछि उनीहरु चिकित्सा शिक्षा आयोगमा उजुरी दिन आएका थिए। तर, आयोगले उजुरी दर्ता गर्न मानेन्। नेशनल कलजेका सञ्चालक बसुरद्दिन अन्सारी आयोगका सदस्य रहेका छन्।

गत मंसिर २० गते निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच शुल्क फिर्ता गर्ने सहमति भएको थियो। सरकारसँग सहमति गरेपछि कलेजले २३ गते विद्यार्थीसँग चार बुँदे सहमति गरेको थियो ।

शैक्षिक वर्ष २०७५र७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति भएको थियो। तर, त्यो सहमति तोड्दै कलेजले फेरि अतिरिक्त शुल्क असुल्न थालेको छ।

वीरगञ्जको नेशनल कलेजले यसअघि भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा माथि असुलेको तथ्य बाहिरिएको थियो। उक्त कलेजलाई राजश्व छलीको समेत आरोप लागेको छ।