मोरङमा बिप्लपका तीन कार्यकर्ता पक्राउ

मोरङमा  बिप्लपका तीन कार्यकर्ता पक्राउ

मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई सुराकीका आधारमा पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाँई भनिने नरेश चौलागाँई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल रहेका छन् । चौलागाँई समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले सोमबार सार्बजनिक गरेका छन् ।