चितवनमा एक युवक इनारभित्र मृत फेला

चितवन : चितवनको रत्ननगरमा इनारभित्र एक युवकको सव परेको छ । चितवनमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी हुन आएका एक युवकको आइतबार सााझ इनारभित्र सव फेला परेको हो।

काभ्रे घर भएका कृष्णकुमार मानन्धर पुस ११ गतेदेखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका मानन्धरको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए ।

मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।