दुई छुट्टाछुट्टै वडा कार्यालयमा आगजनी हुदाँ लाखौँको क्षति

नवलपुर : नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगलागी भएको छ ।पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको वडा १४ को कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।

आगजनीबाट कावासोती नगरपालिकाको वडा १४ कार्यालयका फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।

कार्यलयका कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले बताइन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिएकी छिन्।