२६ सय प्रहरी सई, असई र हवल्दारको सरुवा

काठमाडौं : नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक ९असई० र हवल्दारको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको जनाएको छ। जसअनुसार ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ।