'सरकारले ल्याएका अध्यादेश टेबुल गर्न नपाउनु दुःखद'

'सरकारले ल्याएका अध्यादेश टेबुल गर्न नपाउनु दुःखद'

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ल्याएका विभिन्न अध्यादेशहरु संसदमा टेबुल हुन नपाउनु दुःखद भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले यसअघिका बैठक संसद सुचारु हुन नपाउँदै माननीयहरुको विरोधका कारण बलात्कार सम्बन्धी अध्यादेश, खोप सम्बन्धी अध्यादेश र टिआरसी सम्बन्धी अध्यादेशमाथि छलफल गर्न नपाएको बताएका हुन् । 

उनले प्रतिगमन शब्द सस्तो भएको भन्दै निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने र पुग्न नपाउँदा  प्रतिगमन हुने प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्ने बताए । 

उनले काकाकुल सहमा पानी आउनु भन्दा ठूलो अर्को कुनै अग्रगमन नहुने दावी गरे । 

राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ र १० गते मित्रराष्ट्र बंगलादेशको दुई दिने भ्रमण गर्न लागेको पनि मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराए । भ्रमणले दुई देशीच सांस्कृतिक आदान प्रदान, पर्यटन विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने उनले जानकारी गराए।