कोमल वलीद्वारा नेकपा नेता पन्तविरुद्ध मुद्दा दायर

कोमल वलीद्वारा नेकपा नेता पन्तविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेता पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

पन्तले फागुन १५ गते एक कार्यक्रममा वलीलाई सारी सरक्क सुर्काएर पिँडुला देखाएको भरमा सांसद बनेको आरोप लगाएका थिए । पन्तको अभिव्यक्तिले आफु तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको वलीेले बताइन् ।

सांसद वोलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।