कांग्रेसको सहयोगमा अबको सरकार ओलीकै नेतृत्वमा बन्छः महेश बस्नेत

कांग्रेसको सहयोगमा अबको सरकार ओलीकै नेतृत्वमा बन्छः महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्। राष्ट्रिय युवा संघको बैठकलाई बुधवार सम्बोधन गर्दै बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने दाबी गरेका हुन्।

'केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ' प्रचण्ड माधवलाई संकेत गर्दै बस्नेतले भने। 

अबको राजनीतिक विकल्प भनेको काँग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो। 'काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,' बस्नेतले भने।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाई थियो।