दिल्ली पुगेका भट्टराईले लिए चिकित्सकसँग परामर्श, भोलिबाट थप उपचार हुने

दिल्ली पुगेका भट्टराईले लिए चिकित्सकसँग परामर्श, भोलिबाट थप उपचार हुने

नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतमा स्वास्थ्य परीक्षण गराएका छन् ।

नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा डा. भट्टराईले स्वास्थ्य परीक्षण गराएका हुन् । भट्टराईको स्वास्थ्यको थप परीक्षण भोलि हुने र अस्पतालमा भर्ना गरिने उनको सचिवालयले जनाएको छ । 

काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्टराईलाई 'न्युरोएन्डोक्राइन ट्युमर' को आशंका गरिएको छ । उपचारका लागि भट्टराई आइतबार भारत गएका हुन् ।