नेकपाको प्रचण्ड-माधव पक्षीय विद्यार्थीले आज बालुवाटार घेराउ गर्ने

नेकपाको प्रचण्ड-माधव पक्षीय विद्यार्थीले आज बालुवाटार घेराउ गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन, अनेरास्ववियूले आज (आइतबार) बालुवाटार घेराउ गर्ने भएको छ। 

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि आज दिउँसो २ बजे बालुवाटार घेराउ गर्न लागिएको अनेरास्ववियूले जनाएको छ। 

प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र समेत बुझाइने अनेरास्ववियूकी नेता आरती लामाले बताइन्। भाटभटेनीमा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढ्ने उनले बताइन्। 

छुटाउनुभयो कि ?