शुष्मालाई पाँच वर्ष जेल हाल्न सक्ने प्रमाण हामीसँग छ : नायिका स्वेता खड्का

शुष्मालाई पाँच वर्ष जेल हाल्न सक्ने प्रमाण हामीसँग छ : नायिका स्वेता खड्का

काठमाडौं । नायिका शुष्मा कार्कीले आफूमाथि अर्की नायिका श्वेता खड्का, पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कुटपिट तथा गालीगलौज गरेको आरोप लगाएपछि श्वेताले उक्त आरोप झुटो भएको बताएकी छन् । शुष्माले लगाएको आरोपबारे अनलाईन नेपालले नायिका खड्कासँग प्रतिक्रिया लिंदा उनले भनिन्–‘चर्चामा आउनका लागि शुष्माले अरुसँग नाम जोडेर झुटो आरोप लगाएकी हुन् । यो विषयमा उहाँलाई नै सोध्नुहोला । म कस्तो स्वभावको मान्छे भन्ने सबैलाई थाहा छ ।’

‘बहिनीलाई पटक–पटक खिल्ली उडाएर रसाईलीलाई तल्लो जातको भन्दै जथाभावी बोलेपछि विवाद भएको हो । ती कुराहरु पनि बाहिर आउलान नि १ यसरी कसैलाई व्यक्तिगत रुपमा आँच आउने गरी तल्लो जातको भन्दै हेप्न पाइन्छ रु हामीसँग उनलाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण पनि छ ।’– नायिका खड्काले थप भनिन् ।

नायिका खड्काले क्लबको भिडियो फुटेज हेरे सबै कुरा छर्लङ्ग हुने पनि बताइन् ।नायिका कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिने बताएपछि समाचार एकाएक भाइरल भएको छ ।

नायिका स्वेता खड्काले समेत आफूलाई अपशब्द प्रयोग गरेको समेत शुष्माले आरोप लगाएकी छन् । 

पत्रकार रसाईली र  स्वेता खड्काकी बहिनीले क्याफेमै कुटपिट गरे नायिका सुष्मा कार्कीलाई