पत्रकार रसाईली र  स्वेता खड्काकी बहिनीले क्याफेमै कुटपिट गरे नायिका सुष्मा कार्कीलाई

पत्रकार रसाईली र  स्वेता खड्काकी बहिनीले क्याफेमै कुटपिट गरे नायिका सुष्मा कार्कीलाई

नायिका सुष्मा कार्की काठमाडौंको लण्डन पब क्याफेमा कुटिएकी छिन् ।  आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै कार्की प्रहरीमा उजुरी दिन पुगेकी छिन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ कानूनले नै बोल्छ ।’

सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको पनि अनलाइनखबरलाई जानकारी दिएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।

शुष्मालाई पाँच वर्ष जेल हाल्न सक्ने प्रमाण हामीसँग छ : नायिका स्वेता खड्का