'राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?'

'राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?'

काठमाडौं  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताएका छन् । 'मेरो राजनीतिक निर्णय भन्नु हुन्छ केपी ओली । यो राजनीतिक निर्णय राष्ट्रलाई जोगाउन हो की ध्वस्त पार्न हो मेरो प्रश्न यहीँ छ ?', शनिबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?'

पौडेलले भने नेपाललाई अफगानिस्तानतर्फ लैजान खोजेको छ । कांग्रेस सरकारमा नजाने उनले स्पष्ट पारे । कांग्रेसले संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए ।

'कार्यकारिणी अधिकार प्रयोग गरेर आफूले संविधान विघटन गरेको भन्दै प्रधानमन्त्री मुद्दा खारेज गर्न अदालतलाई ओदेश दिँदै हुनुहुन्छ । यो भनेको के हो ? हामीले यसकै लागि ७० वर्ष लडेर संविधान बनाएको हो,' वरिष्ठ नेता पौडेलले भने ।