ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब

ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् ।

प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । 

काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । काँग्रेसभित्र ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोध गर्ने मत बलियो छ ।