ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ:  नेता खनाल

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ:  नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी अ‍ोली भगौडा कम्युनिष्ट नेता भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सम्बोधन गर्दै नेता खनालले आधिकारिक पार्टी प्रचण्ड–नेपालको भएकाले सकडकमा आएर हेर्न निम्ता दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीले जबसम्म घुँडा टेक्दैनन् तबसम्म आन्दोलन जारी राख्ने बताएका छन् । नेता खनालले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी भइरहेको बताएका छन् । उनले सर्वोच्च अदालतले संसदको पुनःस्थापना गर्ने बताए ।

‘केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं । अब उहाँ कमरेड रहनुभएन,’ उनले भने, ‘ओली कम्युनिष्ट पार्टीका भगौडा हुन् । ओलीले सानो गुट चलाएका छन् । कुन पार्टी आधिकारिक हो रु सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’