कांग्रेसले आज वडास्तरीय विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज वडास्तरीय विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेस आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै छ । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध काँग्रेसले पछिल्लो समय विरोध प्रदर्शन गर्दै आईरहेको छ । 

संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि अपिल गरेको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका हुन् ।