संसद मास्नेलाई त्यहि संसदले चुनेको प्रधानमन्त्री पदमा बस्न लाज लाग्नुपर्ने होः प्रवक्ता श्रेष्ठ

संसद मास्नेलाई त्यहि संसदले चुनेको प्रधानमन्त्री पदमा बस्न लाज लाग्नुपर्ने होः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको हिम्मत भए राजीनामा दिएर आफै प्रधानमन्त्री बनरे देखाउन चुनौती दिएका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रतिनिधि सभा विघटन गर्नेले त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका थिए ।

शनिबार दाङ जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै श्रेष्ठले अब ओलीले यहि अवस्थामा प्रधानमन्त्री भैरहन नमिल्ने बताए। उनले भने, ‘उहाँ आफैँले प्रतिनिधि सभा विघटन गर्नुभयो। प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ? जे गरे पनि हुन्छ? पेल्ने?,जवरजस्ती गर्ने? जे गरे पनि हुने?’ ।

‘आफू प्रधानमन्त्री नभए पछि त्यो लोकतन्त्र चाहिँदैन, संविधान चाहिँदैन?,’ उनले भने ‘ यही हो केपीको कुरारु एउटा पदका लागि लोकतन्त्र होरु जिन्दगीभर पद दिन यो लोकतन्त्र ल्याएको होरु न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ’ उनले भने।

श्रेष्ठले प्रश्न गर्दै ओलीलाई भने, ‘आफ्नो पद गुम्न थाल्यो भने पार्टी पनि चाहिएन भनेर पार्टी फूटाउन खोज्ने?, गुट बनाउन खोज्ने, गुटको भेला गर्ने? हैन यो के तरिका हो? यही हो ओलीको बाध्यता। लाज लाग्दैन, सरम लाग्दैन?’

आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनले बताएका छन्। ओलीले पार्टी एकता पनि प्रधानमन्त्रीको पदका लागि गरेको श्रेष्ठले बताए ।