ओलीले घर जलाएर अहिले खरानीको व्यापार गरिरहेका छन् : हिमाल शर्मा

ओलीले घर जलाएर अहिले खरानीको व्यापार गरिरहेका छन् : हिमाल शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा काठमाडौंका सचिव हिमाल शर्माले प्रधानमन्त्री केपी शर्माले घरमा आगो लगाएर खरानीको व्यापार गरेको टिप्पणी गरेका छन्। 

प्रचण्ड–माधव नेकपाको काठमाडौं कमिटीले गरेको बृहत सभामा शर्माले भने, ‘घरमा झगडा हुन्छ। तपाईले घरमा आगो लगाएर खरानीको व्यापार गर्नुभएको छ।’


पहिलो चरणका विरोध कार्यक्रम सकेर दोश्रो चरणमा प्रवेश गरेको विरोध सभामा शर्माले प्रधानमन्त्रीले जनमत समाल्न ओलीले नसकेको बताए। केन्द्रीय कमिटी, स्थायी कमिटी तथा संसदमा फेस गर्न प्रधानमन्त्रीले नसकेकाले उनलाई कायरको संज्ञा दिए।