ओलीलाई गम्भीर आरोप लगाउँदा प्रचण्ड आफै पछारिए : पोखरेल

ओलीलाई गम्भीर आरोप लगाउँदा प्रचण्ड आफै पछारिए : पोखरेल

नेपालगन्ज । लुम्बिनी प्रदेशका मूख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले पद र सत्ता मोहले नेकपामा विभाजन आएको बताएका छन । नेकपा बाँकेले खजुरामा सोमबार आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री ओली त्यागको लागि तयार भए पनि पुष्पकमल दाहाल र माधब नेपाल तयार नहुँदा पार्टीमा विवाद बढेको बताएका हुन ।

दाहालले प्रधानमन्त्रीलाई अराजनीतिक र गम्भीर आरोप लगाएर आफै पछारिने काम गरेको उनको भनाइ छ ।

नेकपा नेता दाहालले आफुले गरेको ऐतिहासिक भुलमा माफी मागे अझै पार्टीमा अध्यक्ष पद सुरक्षित रहेको पनि उल्लेख गरे । विभाजन दुःखद भएपनि परिणाम सुखद आउने अवस्था नेकपामा सिर्जना भएको उनको दावी थियो ।